कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखामा ढुंगाले च्यापेर एक जनाको मृत्यु

गोरखा — गोरखामा ढुंगाले च्यापेर एक जनाको मृत्यु भएको छ । बाटो बनाउनका लागि ढुंगा निकाल्ने क्रममा च्यापेर सहिद लखन गाउँपालिका–८ वराहफाँटका ४५ वर्षीय वीरबहादुर परियारको मृत्यु भएको हो । 

वडा नम्बर ८ को बाटो निर्माणका लागि परियार ढुंगा निकाल्न ढोडेनी पाखा पुगेका थिए । त्यस क्रममा खसेको ढुंगा टाउकोमा बज्रिँदा परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए । शव पोष्टमार्टमको लागि गोरखा अस्पताल ल्याउने क्रममा रहेको पनि प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन ५, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?