कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस नेतृत्वमा युवा वर्चस्व

पूर्वी नवलपरासी — कांग्रेसको महाधिवेशनमा जिल्लाका सबै ९२ वटै वडा समिति र क्षेत्रीय प्रतिनिधिमा अधिकांश युवा पुस्ताको नेतृत्व आएको छ । कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेका अनुसार ५७ वटा वडामा नयाँ र युवाको नेतृत्व आएको छ ।

कांग्रेस नेतृत्वमा युवा वर्चस्व

जिल्ला निर्वाचन समितिका अनुसार वडा समितिमा चयन भएका मध्ये धेरैजसो ३७ वर्षभन्दा कम उमेर समूहका छन् । क्षेत्रीय प्रनितिधिमा पनि नयाँ अनुहार धेरै आएका छन् । भदौ २१ मै यहाँका वडामा नेतृत्व छनोट भएको हो । अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । यहाँका ८ वटा पालिकामा पार्टी सभापति र सचिव पदमा पनि युवा पुस्ताले उम्मेदवारी घोषणा गरेका छन् ।

गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका, हुप्सेकोट, बौदीकाली, बुलिंटार र विनयी त्रिवेणी गाउँपालिकामा पार्टी सभापति र सचिव पदमा युवाले उम्मेदवारी गरेका छन । लामिछानेका अनुसार सोमबारसम्म प्राप्त विवरणमा सबै पालिकामा २४ जनाले पार्टी सभापतिमा उम्मेदवारी दिएका छन् । उनीहरूमध्ये १९ जना ४७ वर्षभन्दा कम उमेरका छन् । ‘यसले उत्साह जगाएको छ,’ लामिछाने भन्छन् ।

प्राध्यापक झपिन्द्रेश्वर भुसाल यो पटक नेतृत्वमा आएको युवा पुस्ता आयआर्जनमा लागेर आत्मनिर्भर भएकाहरू छन् । आत्मनिर्भर युवा कांग्रेसको राजनीतिमार्फत समाज परिर्वतका लागि उन्मुख हुनु देशका लागि सुखद भएको भुसाल बताउँछन् ।

प्रकाशित : भाद्र २९, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?