कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

अन्य पार्टीको मतियार बनेर नेपालले पार्टी फुटाए : गुरुङ

सम्झना रसाइली

तनहुँ — एमाले सचिव पृथ्वीसुब्बा गुरुङले कांग्रेस र माओवादी पार्टीको इच्छा पूरा गर्न माधव नेपालले पार्टी फुटाएको आरोप लगाएका छन् । 

एमाले तनहुँले आइतबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस, माओवादी र दायाँबायाँका केही शक्तिको इच्छा पूरा गर्न नेपालले पार्टी फुटाएको बताएका हुन् ।

अन्य पार्टीको मतियार बनेर नेपालले पार्टी फुटाए : गुरुङ

‘मुलुककै शक्तिशाली पार्टी भएकाले सबैका आँखा हाम्रै पार्टीमा लाग्यो’, उनले भने, ‘अझ ५/१० वर्ष केपी ओलीले शासन गरे अन्य पार्टीको अस्तित्व संकटमा पर्थ्यो । त्यसैले अन्य पार्टीको मतियार बनेर नेपालले पार्टी फुटाए’, उनले भने ।

माधव नेपालले पार्टी विभाजन गर्नुलाई पिलो फुटेको सन्दर्भसँग जोड्दै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङले अब एमाले स्वच्छ भएर अगाडि बढ्ने बताए । ‘नवौ महाअधिवेशनपछि हाम्रो पार्टीमा पिलो जन्मियो, त्यो पिलोले निकै दु:ख दियो’, उनले भने, ‘माओवादीसँगको एकतापछि त्यो पिलो हराउँछ कि भन्ने लागेको थियो तर झन् दु:ख दियो । अहिले त्यो पिलो फुटेर गयो, शरीर हलुंगो भएको छ । अब नेकपा एमाले स्वच्छ भएर अगाडि बढ्छ ।’

शरीरबाट पिलो फुटेर गयो भन्दैमा चिन्ता लिन नपर्ने भन्दै गुरुङले एकीकृत समाजवादी पार्टीमा गएका स्थानीय तहका जनप्रतिनिधिहरुलाई पिलोको पिप रहेको संज्ञा दिएका छन् । उनले भने, ‘तनहुँबाट पनि १३ जना पिप बगेर गएका छन् ।’

यस्तै, पार्टी विभाजन नभई शुद्धिकरण भएको एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले बताए । उनले भने, ‘दुई/चार जनाले पार्टी छाडे भनेर चिन्ता लिनु पर्दैन । अब त झन् हाम्रो पार्टी बलियो भएको छ ।’

एकीकृत समाजवादीमा गएका जनप्रतिनिधिहरु मूलधार पार्टीमा फर्किन चाहे स्वागत गरिने उनले बताएका छन् ।

प्रकाशित : भाद्र २७, २०७८ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?