कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागलुङमा डुबेर बालकसहित दुईको मृत्यु

प्रकाश बराल

बागलुङ — जिल्लामा छुट्टाछुट्टै घटनामा बालकसहित दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका १० भकुण्डेका २८ वर्षीय सागर थापा र ८ वर्षीय एलश बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भकुण्डेका मानबहादुर बुढाथोकीका छोरा एलशको घरदेखि १ सय मिटरको दुरीमा पर्ने धौलेचौरमा आइतबार पोखरीमा डुबेका थिए । पोखरी नजिकै खेल्नेक्रममा ती बालक डुबेपछि उद्धार गरेर अभिभावकले तत्काल उपचारका लागि धौलागिरि अस्पताल ल्याएका थिए । अस्पताल पुर्‍याइएका बालकलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

थापाको भने शनिबार बेलुकी नै शव भेटिएको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । उनका अनुसार शुक्रबारदेखि हराएका थापाको खोजी गर्ने क्रममा पहिरे खोलाको बीच भागमा डुबेको अवस्थामा शव भेटिएको हो । उनको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ । दुवै घटनाबारे प्रहरी निरीक्षक बिराट शर्माको नेतृत्व टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : भाद्र २०, २०७८ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?