कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जामा पहिरोमा पुरिएर महिलाको मृत्यु

सिद्धार्थ राजमार्ग अवरुद्ध
लालप्रसाद शर्मा

पोखरा — स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा माथिबाट खसेको पहिरोले घर पुर्दा एक महिलाको ज्यान गएको छ । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । केही समयअघि मात्रै खसेको पहिरोले तीन घर पुरेको स्याङ्जा प्रहरीले जनाएको छ ।

उक्त पहिरोमा परेर वालिङ नगरपालिका–१४ की धनमाया उम्रामगरको मृत्यु भएको स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए ।

पहिरो छिचोलेर उद्धार गरिएका ३ जना घाइतेलाई उपचारका लागि पाल्पा पठाइएको छ । पुरिएका घरमा के–कति जना थिए भन्ने खुलेको छैन ।

प्रकाशित : भाद्र १३, २०७८ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?