२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

पोखरामा नहरले बगाएर बालिका बेपत्ता

पोखरा — पोखरामा पौडी खेल्ने क्रममा नहरले बगाएर मंगलबार ११ वर्षीया बालिका बेपत्ता भएकी छन् । सोलुखुम्बु घर भइ हाल पोखरा–२६ बुढिबजार बस्दै आएकी दीपशिखा भुजेल नहरमा बेपत्ता भएकी हुन् ।

बिहान पौडी खेल्दै गर्दा नहरले चप्पल बगाएपछि खोज्ने क्रममा उनलाई पनि बगाएको प्रहरीले जनाएको छ । प्रहरीले दिनभर खोजी कार्य जारी राखे पनि फेला पार्न सकेन । बुधबार बिहानबाट पुन: खोजी कार्य सुरु हुने डाँडाको प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित : भाद्र ८, २०७८ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?