कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरीमा डुबेर गोरखामा बालिकाको मृत्यु

हरिराम उप्रेती

गोरखा — पालुङटार नगरपालिका–८ की १३ वर्षीया ऋचा नेपालीको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय रनबहादुर गुरुङले बनाएको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

रोपाइँ गरी फर्कने क्रममा पोखरीमा खसेकी नेपाली अचेत अवस्थामा स्थानीयले उद्धार गरेका थिए । उनलाई तत्काल धुवाकोट स्वास्थ्य चौकीमा पुर्‍याए पनि स्वास्थ्यकर्मीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शव पोस्टमाटर्मका लागि गोरखा अस्पताल पुर्‍याएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ५, २०७८ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?