कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अकलादेवी मन्दिरकाे मूर्ति चाेरियो

तनहुँ — म्याग्दे गाउँपालिका- ६ स्थित अकलादेवी मन्दिरको मूर्ति चोरी भएको छ । सोमबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकामा लगाइएको ताल्चा फोडेर मूर्ति लगायतका सामान चोरी गरेका हुन् ।

अकलादेवी मन्दिरकाे मूर्ति चाेरियो

प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित अकलादेवी मन्दिरमा रहेको गणेशको मूर्ति, शंख र घण्टी चोरी भएको तर मन्दिरको गजुर भने सुरक्षित रहेको मन्दिर विकास तथा व्यवस्थापन समितिले जनाएको छ । मंगलबार बिहान पुजारी मन्दिरमा नित्य पूजाका लागि जाँदा मन्दिरको मूर्ति चोरी भएको थाहा भएको मन्दिर व्यवस्थापन समितिका सचिव वसन्त थापाले बताए ।

प्रहरी टोली गएर घटनाका विषयमा अनुसन्धान भइरहेको बताएको छ । उनले भने, 'लाखौं भक्तजनले पुज्ने मन्दिरमा भएको यो किसिमको घटना हुनु अत्यन्त निन्दनीय छ ।'

प्रकाशित : श्रावण ५, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?