कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वीनवलपरासीमा १४ हजारले लगाए खोप 

नारायण शर्मा

पूर्वी नवलपरासी — जिल्लामा शनिबारसम्म १४ हजार जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । आठ वटा पालिमामध्ये ५ वटामा स्थानीयले १४ हजार १ सय ७७ जनाले खोप लगाएका हुन् । अन्य तीन पालिकामा आइतबारबाट खोप लगाउने तालिका सार्वजनिक भएको छ । 

पूर्वीनवलपरासीमा १४ हजारले लगाए खोप 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशब चापागाईंका अनुसार गैंडाकोट नगरपालिकामा ३७ सय ७६ जना, देबचुली नगरपालिकामा ३५ सय ८० जना, कावासोती नगरपालिकामा ३७ सय ६० जनाले र बिनयी त्रिवेणी गाउँपालिकामा १९ सय जनाले भेरोसेल खोप लगाएका हुन् ।

ती बाहेकका बुलिंटार गाउँपालिका, हुप्सेकोट गाउँपालिका र बौदीकाली गाउँपालिकाका बासिन्दालाई आइतबार खोप दिने कार्यक्रम तय भएको स्वास्थ्य कार्यालयका प्रमुख चापागाईंले जानकारी दिए । पूर्वी नवलपरासीमा करिब ४ लाख जनसंख्या रहेको छ । पछिल्लो ३ महिनाको अवधिमा कोरोना संक्रमणबाट सय जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रकाशित : श्रावण २, २०७८ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?