म्याग्दे खोलाले बगाउँदा एक जना बेपत्ता

सम्झना रसाइली

तनहुँ — म्याग्दे गाउँपालिकास्थित म्याग्दे खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

म्याग्दे–४ घुम्तीस्थित खोलाको पुल तर्ने क्रममा खोलामा पानीको बहाव बढी भएर पुलमाथिबाट आएको बाढीले म्याग्दे–७ का अन्दाजी ४५ वर्षीय मैतबहादुर नेपालीलाई बगाएको तनहुँ प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

खोलाले बगाइ बेपत्ता भएका नेपालीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २४, २०७८ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?