कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोले पूर्वी नवलपरासीमा ठाउँठाउँमा राजमार्ग अवरुद्ध

नारायण शर्मा

पूर्वी नवलपरासी — बाढीपहिरोले पूर्वी नवलपरासीका तीन स्थानमा महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । सडक फराकिलो बनाउन निर्माण गरिएका अस्थायी डाइभर्सन बगाउँदा कावासोती, गैंडाकोटको थुम्सी र दाउन्नेमा यातायात अवरुद्ध भएको हो । 

बाढीपहिरोले पूर्वी नवलपरासीमा ठाउँठाउँमा राजमार्ग अवरुद्ध

जिल्ला प्रहरी प्रवक्ता दिलीप गिरीका अनुसार बिहीबार बिहान १० बजे कावासोतीमा जिल्ला प्रहरी कार्यालयपूर्वतर्फको डाइभर्सन बगाएको छ ।

त्यस्तै गैंडाकोटको थुम्सी जंगलमा बनाइएको अस्थायी डाइभर्सन पनि बगेको छ । दाउन्नेको विश्वकर्मा मन्दिरनजिक पहिरोले राजमार्ग अवरुद्ध भएको छ । दाउन्नका दर्जनौं स्थानमा पहिरो गएको छ । पहिरोकै कारण महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम लागेका सयौं गाडी सडकमै अड्किएका छन् ।

प्रहरीका अनुसार कावासोती र डन्डाको बीचमा रहेको केरुंगे खोलाको बाढीले निकास नपाउँदा कावासोतीमा राजमार्गको करिब ८ मिटर खण्ड बगाएको छ । सडक भत्किएको स्थानमा अस्थायी डाइभर्सन नबनाएसम्म सम्म यातायात हुने अवस्था छैन । कावासोती, प्रगतिनगर, रजहर र गैंडाकोट खण्डमा सयौं गाडी रोकिएका छन् ।


प्रकाशित : असार २४, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?