कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पक्की पुल भत्किएपछि जीर्ण झोलुंगे पुलबाट जोखिमपूर्ण यात्रा

हरिराम उप्रेती

गोरखा — बारपाक सडक खण्ड अन्तर्गत बालुवाको पक्की पुल दरौदी नदीले भत्काएपछि यहाँका स्थानीय जोखिम मोलेर झोलुंगे पुलबाट आउजाउ गर्न थालेका छन् ।

पक्की पुल भत्किएपछि जीर्ण झोलुंगे पुलबाट जोखिमपूर्ण यात्रा

शनिबार बिहानबाट अत्यावश्यक काममा बालुवाबजार आउने स्थानीयले झोलुंगे पुलको प्रयोग गरेको झोलुङ्गेका स्थानीय मंगल प्रसाद विकले बताए । झोलुंगे पुलमा बिछ्याएको फलेक झरेका छन् भने तारहरु जीर्ण बनेका छन् ।

‘यो झोलुङ्गे पुलबाट नहिँडी सुखै छैन,’ विकले भने,‘वारीपारी गर्न अर्को बाटो पनि छैन,’ उनले बताए । बारपाक सुलिकोटतर्फको झोलुङ्गे गाउँका स्थानीय अहिले जोखिम रहेको झोलुङ्गे पुलबाट वारपार गर्नुको विकल्प नै नरहेको उनले बताए । वारपाक सडक खण्डमा मोटरेबल पुल बनेसँगै उक्त झोलुंगे पुल प्रयोग गर्न स्थानीयले छाडेका थिए ।

२०७२ वैशाख १२ को भुकम्पले झोलुंगे गाउँतर्फको जीप भत्काएपछि झोलुंगे पुलबाट आउजाउ जोखिम बनेको थियो । ‘क्रिटिकल अवस्थामा झोलुंगे पुल चाहिन्छ मर्मत गर्नपर्‍यो भन्दा कसैले सुनेनन्,’ विकले भने,‘अहिले झोलुंगे पुलको फलेक कताकति छ, नहिँडी पनि भएन ।’

बारपाक सडक खण्ड अन्तरगत बालुवाको पुल बाढीले भत्काएपछि वारपाक, लाप्राक गुम्दालगायतका उत्तरी क्षेत्रमा आउजाउ ठप्प बनेको छ ।

प्रकाशित : असार १९, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?