कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डाइभर्सन बनाएर एकतर्फी यातायात सञ्चालन गर्दा नवलपरासीमा जाम 

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती गैंडाकोट खण्डको भेडाबारी डाइभर्सनमा एकतर्फ यातायात सञ्चालन हुँदा नवलपरासीमा जाम भएको छ ।

डाइभर्सन बनाएर एकतर्फी यातायात सञ्चालन गर्दा नवलपरासीमा जाम 

राजमार्ग फराकिलो बनाउनका निर्माण गरिएको २३ स्मृति पुल र भेडाबारीमा डाइभर्सन बनाएर एकतर्फी सवारी सुचारु गर्दा जाम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक प्रेम श्रेष्ठले जानकारी दिए ।

सवारीको चाप धेरै भएकाले बिहान ११ बजेदेखि जाम भएको उनले बताए । सडकमा मालबहाक सवारीको संख्या अधिक छ ।

भारतीय माबहाक सवारी र पश्चिम नेपालबाट संघीय राजधानी काठमाडौं हिँडेका सवारीको चाप बढेकाले करिब १६ किलोमिटरसम्म जाम रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : असार १९, २०७८ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?