२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

विषालु च्याउ खाँदा पोखरामा एकै परिवारका ६ सहित ८ जना बिरामी

प्रतीक्षा काफ्ले

कास्की — विषालु च्याउ सेवनपछि पोखरामा एकै परिवारका ६ जनासहित ८ जना बिरामी भएका छन् ।

शनिबार धारापानी सामुदायिक वनबाट नाम नखुलेको च्याउ लगेर राति १० बजेर ५० मिनेटको समयमा सेवन गरेका पोखरा महानगरपालिका–३३ का स्थानीय एकैपटक बिरामी भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार पोखरा–३३ पुँडीका ४५ वर्षीय गोठे पुन, उनकी श्रीमती ४० वर्षीया लिला, १३ वर्षीय छोरा पूर्ण र तीन छोरीहरू १०, ८ र ६ वर्षका विनिता, अस्मिता र मायासहित ६ जना बिरामी भएका हुन् ।

यस्तै, सोही ठाउँका ५५ वर्षीय भिमबहादुर पुन र उनकी श्रीमती ५२ वर्षाीय गौमाया पुन रहेका छन् । उनीहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १३, २०७८ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?