कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जामा चट्याङबाट किशोरको मृत्यु

प्रतीक्षा काफ्ले

कास्की — शुक्रबार बिहान परेको चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको मृत्यु भएको छ । अर्जुनचौपारी गाउँपालिका-२ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार बिहान ५:३० मा घरमा सुतिरहेको अवस्थामा च्ट्याङ पर्दा मृत्यु भएको हो । मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ११, २०७८ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?