कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वनलसुन खोज्न गएका १ जना भीरबाट लडेर बेपत्ता 

चार जनाको हेलिकप्टरबाट उद्धार
हरिराम उप्रेती

गोरखा — गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक र लमजुङ सीमा क्षेत्रअन्तर्गत बौद्ध हिमालमा जडीबुटी(वनलसुन) खोज्न गएका एक जना भीरबाट लडेर बेपत्ता भएका छन् ।

चुमनुव्री गाउँपालिका–३ सिर्दिवासका २४ वर्षीय सुरेन्द्र गुरुङ आइतबार भीरबाट लडेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

गुरुङसँगै जडिबुटी खोज्न गएका चार जनाको भने सोमबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।

धार्चे गाउँपालिका–४ का सुवास गुरुङ, चुमनुव्री गाउँपालिका–३ सिर्दिवासका धनप्रसाद गुरुङ, सोही ठाउँका तुलबहादुर गुरुङ र कान्छा गुरुङको उद्धार गरिएको हो । उद्धार गरिएकाहरु हाल धार्चे गाउँपालिका–४ लाप्राकमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

‘सुरेन्द्र गुरुङ जडिबुटी खोज्दै गर्दा भीरबाट लडेर बेपत्ता भएको उहाँका साथीहरुले बताउनु भएको छ,’ डीएसपी दाहालले भने । बेपत्ता सुरेन्द्र गुरुङको खोजी कार्य भइरहेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित : असार ७, २०७८ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?