कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मर्स्याङ्दी नदीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

हरिराम उप्रेती

गोरखा — मर्स्याङ्दी नदीको तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ । मनाङको डिस्याङ गाउँपालिकास्थित हुम्डेमा मर्स्याङ्दी नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले शनिबार साँझ सूचना जारी गर्दै गोरखाको मर्स्याङ्दी नदीको तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरेको हो । 

मर्स्याङ्दी नदीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

मर्स्याङ्दी नदी थुनिएर हाल खोलिँदै गइ बाहव सामान्य बढ्दै गएको जानकारी प्राप्त भएकाले जुनसुकै बेला बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सचेत रहन भनिएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताए ।

मर्स्याङ्दी नदीको माथिल्लो क्षेत्रमा भारी वर्षाको कारण बाढी आउने, पहिरोले ढुंगा माटो तथा रुखहरुले नदी थुनिने, ताल बन्ने र खोलिनेक्रम केही दिन जारी रहन सक्ने भन्दै संभावित जोखिमबाट बच्न प्रशासनले सर्वसाधरणलाई आग्रह गरेको छ ।

प्रकाशित : असार ५, २०७८ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?