कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फू गाउँको लेकबाट ३४ जनाको उद्धार

ताचैबाट ३३ जनालाई चामे लगियो
आश गुरुङ

लमजुङ — नार्पाभूमि गाउँपालिकाको विकट फू गाउँस्थित लेकमा सम्पर्कविहीन भएकाको खोजी गरी उद्धार गरिएको छ ।

फू गाउँको लेकबाट ३४ जनाको उद्धार

मनाङबाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङको सक्रियतामा उनीहरुको उद्धार भएको हो । फू गाउँको लेकमा मात्रै ६० जना जति सम्पर्कविहीन रहेकोमा कुलुङ लेकबाट २६ जनाको उद्धार गरी फू गाउँ ल्याइएको छ । फूबाट उक्त ठाउँ जान २ दिन लाग्छ । यस्तै, लघु लेकबाट ८ जनाको उद्धार गरी फू गाउँमा सकुशल ल्याइएको छ । उनीहरु सबै यार्सागुम्बा टिप्न हिमालको फेदमा गएका थिए ।

सोमबार रातिदेखि निरन्तर पानी परेपछि उनीहरु हिमालमुनि हिमपात भइरहेको ठाउँ करिब ५ हजार मिटर उचाइमा थिए । ‘माननीयज्यू आफैं खटिएर सम्पर्कविहीनको खोजी गरी उद्धार गरिरहनुभएको छ,’ प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने । उनले फू गाउँको लेकमा सम्पर्कविहीनको खोजीकार्य जारी रहेको बताए ।

नेपाली सेनाको हेलिकप्टर ठूलो भएकाले उक्त ठाउँ भौगोलिक हिसाबले जटिल हुँदा जान सकेको छैन । नेपाली सेनाको हेलिकप्टरले नासों गाउँपालिका ८, ताचैबाट पहिलो लटमा १८ जना र दोस्रो लटमा १५ जना गरी ३३ जनाको उद्धार गरी चामे ल्याएको छ । ताचै र वडार गाउँबाट अझै उद्धार गर्नुपर्ने बाढीपीडित रहेको प्रजिअ लामिछानेले बताए । प्रजिअ आफैं पनि उद्धार कार्यमा खटिएका छन् ।

प्रकाशित : असार ४, २०७८ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?