कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

पूर्वी नवलपरासीमा बन्दै गरेको पक्की पुल बाढीले बगायो

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको पहाडी बौदीकाली गाउँपालिकामा निर्माणाधीन पक्की पुल बाढीले बगाएको छ । 

पूर्वी नवलपरासीमा बन्दै गरेको पक्की पुल बाढीले बगायो

बौदीकाली गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने सेरा पुल बुधबार दिउँसो बाढीले बगाएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार पुल निर्माणमा गण्डकी प्रदेश सरकारबाट विनियोजित ३ करोड ५० लाख लागत रहेको छ ।

पुलको स्लाब (माथिल्लो भाग) ढलानको काम हुँदै गर्दा पुल बगाएको हो । अर्को महिना गाडी सञ्चालन गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुल बगाएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

बाढीले दुबै पिल्लर हल्लाएर भासिएपछि पुलको माथिल्लो भाग (स्लाब) खोलामा खसेको हो ।

प्रकाशित : असार २, २०७८ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?