कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीका विपक्षी गठबन्धनका नेताहरु भन्छन्, 'बहुमत पुर्‍याएर सरकारमा जान्‍छौं'

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनकाँ लागि बाटो खुलेको छ । विपक्षी गठबन्धनका प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बहुमत पुर्‍याएर नयाँ सरकार गठन गर्ने बताएका छन् ।

गण्डकीका विपक्षी गठबन्धनका नेताहरु भन्छन्, 'बहुमत पुर्‍याएर सरकारमा जान्‍छौं'

संचारकर्मीसँग कुरा गर्दै उनले सरकार गठनका लागि बहुमत पुर्‍याएर सरकारमा जाने बताएका हुन् । गठबन्धन (कांग्रेस, माओवादी, जसपा र राजमो) को लागि सरकार गठनको लागि ३१ मको आवश्यक पर्छ ।

माओवादी केन्द्रका सांसद लेखबहादुर थापाले पनि गठबन्धनले सरकार बनाउने दाबी गरेका छन् । जसपाका हरिशरण आचार्यले पनि नयाँ सरकार गठन हुनेमा दाबी गरेका छन् ।

वैशाख २९ मा मुख्यमन्त्री नियुक्त भएका गुरुङले जम्मा २७ जनाको विश्वासको मत पाएका थिए । विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका छन् । गुरुङले संवैधानिक प्रक्रियाअनुसार अगाडि बढ्ने बताएका छन् ।

प्रदेश प्रमुखले अब संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नेछिन् । ६० सदस्यीय रहेको गण्डकीमा कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जसपाका २ र राजमोका ३ सांसद छन् । गुरुङले लिएको विश्वासको मतको पक्षमा जम्मा २७ जना उभिएका थिए भने राजमोका कृष्ण थापा तटस्थ बसेका थिए ।

मुख्यमन्त्रीले नै नियुक्त गरेका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ भने उपस्थिति भएनन् ।

प्रकाशित : जेष्ठ २७, २०७८ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?