कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुनर्बहाली भएपछि गण्डकीका सांसद थापाले भने, 'न्याय पाएँ'

प्रतीक्षा काफ्ले

कास्की — पुनर्बहाली भएपछि गण्डकी प्रदेश सांसद कृष्ण थापाले सर्वोच्च अदालतले आफूलाई न्याय दिएको प्रतिक्रिया दिएका छन् । कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘म पुरानो कम्युनिष्ट हुँ । मलाई अदालतले न्याय दिएको छ । म खुसी छु ।’ 

पुनर्बहाली भएपछि गण्डकीका सांसद थापाले भने, 'न्याय पाएँ'

उनले अदालतले दिएको न्याय आफ्नोमात्र नभई आफ्नो निर्वाचन क्षेत्र र सिंगो जनताको भएको बताए । ‘आजसम्म कम्युनिष्टको विचार बोकेर आए’, उनले भने, ‘विचारलाई संरक्षण गर्नुपर्छ । अरुसंग टाँसिएर विचारको कदर हुँदैन ।’ उनले सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय नलिएको बताएका छन् । आफू तटस्थ पनि रहन सक्ने उनको भनाइ छ ।

विपक्षी गठबन्धनलाई भने आफ्नो समर्थन नहरने ठोकुवा गरेका छन् । उनले भने, ‘प्रदेश विघटन गर्ने दिशातिर जानु हुँदैन । यसो त, विपक्षीलाई साथ दे भन्यो भने पार्टीको निर्णय पनि मेरो लागि मान्य हुँदैन ।’ उनले पार्टीको कुनै नयाँ भएमात्र समर्थन गर्ने र पुरानो निर्णयलाई साथ नदिने बताएका छन् ।

आइतबार थापालाई सांसदको हैसियतमा काम गर्न दिन सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेश सभा बैठकमा नियमित भाग लिन, सो हैसियतमा मतदान गर्ने, मत प्रकट गर्ने कार्यमा बञ्चित नगर्न अन्तरिम आदेश दिएको छ ।

पार्टीको ह्वीप नमानेको भन्दै थापालाई राष्ट्रिय जनमोर्चाले बिहीबार (जेठ २०) कारबाही गरेको थियो । कारबाही भएको भोलिपल्ट (शुक्रबार) उनी सर्वोच्च अदालत गएका थिए । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आएका थिए ।

प्रकाशित : जेष्ठ २३, २०७८ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?