कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बारपाकमा कोरोना परीक्षण सुरु

छाता ओडेर परीक्षणका लागि लामबद्ध भए स्थानीय
हरिराम उप्रेती

गोरखा — कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी वढेपछि बारपाकमा कोरोना परीक्षण र स्वास्थ्य उपचार सुुरु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय गोरखा र गाउँपालिकाका स्वास्थ्यकर्मीले कोरोना परीक्षण तथा स्वास्थ्य सेवा सुरु गरेका हुन् ।

बारपाकमा कोरोना परीक्षण सुरु

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि परीक्षण गर्न नमानेपछि सचेतनाका लागि गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, प्रदेश सासंद, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदबन्धुु शर्मा तथा सामाजिक संघ संस्थाले बारपाकमा घरदैलो गरेका छन् ।

कटुवाल मार्फत पनि परीक्षणमा जान स्थानीयलाई आग्रह गरिएको स्थानीय जितबहादुर घलेले बताए । स्थानीय जनप्रनिधि, राजनितिक दलका अगुवा, सामाजिक संघ संस्थाका प्रतिनिधि र गाउका अगुवाले शुक्रबार साँझबाट सचेतना दिएका थिए । ‘हिजो बेलुकी कटुवालमार्फत् पनि भन्न लगायौँ’, उनले भने, ‘बिहान बेलुकी घरदैलो गरेर परीक्षण गर्नुपर्छ भन्दै सचेतना दिएका थियौँ ।’ बारपाक पुगेका स्वास्थ्यकर्मीको टोलीले एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु गरेका हुन् ।

साविकको बारपाक ४ र ९ नम्बर वडाको हिमालय मावि, ५ र ६ को पुरानो हेल्थपोस्ट र ७ र ८ का स्थानीयका लागि लाकुरीबोट कोरोना परीक्षणको लागि ठाउँ तोकिएको छ । परीक्षणको लागि आउनेको संख्या उल्लेखनीय रहेको स्थानीय खुसी घलेले बताए । ‘पानी परेको छ, छाता ओडेर कोरोना परीक्षणका लागि स्थानीय आउनुभएको छ’, उनले भने, ‘सतर्क हुनुपर्छ, औषधि उपचार हुन्छ भनेपछि मान्छे जँचाउन आएका छन् ।’

बारपाक गाउँमा मात्र दुई साताको बीचमा १३ जनाको मृत्यु भएको छ । मृतकमध्ये ३ जनाको मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको छ । अन्यको परीक्षण नै भएको छैन । गाउँका २ सय बढी रुघाखोकीका बिरामी छन् ।

तस्बिरहरु : गौतम भण्डारी र खुसी घले

प्रकाशित : जेष्ठ १४, २०७८ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?