धौलागिरि अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु

प्रकाश बराल

बागलुङ — धौलागिरि अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ ।

धौलागिरि अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु

जटिल अवस्था भएपछि अस्पताल आएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका–९ का ७७ वर्षीय पुरुष छन् ।

त्यस्तै, गलकोट नगरपालिका–४ का ५२ वर्षीय पुरुष र गलकोट घर भइ बागलुङ नगरपालिका–४ बस्ने ५७ वर्षीय पुरुषको पनि बिहीबार बिहान मृत्यु भएको हो ।

उनीहरु सबैको श्वासप्रश्वास सम्बन्धी समस्या थियो । ढोरपाटनका पुरुष सातादेखि अस्पतालमा उपचाररत थिए । अन्य दुई जना तीन दिनदेखि मात्रै उपचारमा आएका बिरामी हुन् । बागलुङमा अहिलेसम्म कोरोना संक्रमणबाट २० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?