कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई दावी गर्दै गठबन्धनले बुझायो प्रदेश प्रमुखलाई पत्र

प्रतीक्षा काफ्ले

पोखरा — गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई दावी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले प्रदेश प्रमुख सीता पौडेल समक्ष पत्र बुझाएको छ । 

मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई दावी गर्दै गठबन्धनले बुझायो प्रदेश प्रमुखलाई पत्र

अविश्वासको प्रस्ताव संसदबाट सामना गर्नुअघि नै वैशाख २६ मा मुख्यमन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिँदै बहुमतको सरकार गठनका लागि आह्रवान गरेकी थिइन् । उनले दिएको समय बुधबार ४ बजे सकिन्छ । तोकिएको समयभित्रै चार दलको गठबन्धनले पत्र बुझाएको हो ।

पोखराको शहीदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका दलका नेता हरिबहादुर चुमान, जसपाकी धनमाया लामालगायतका सांसदको उपस्थितिमा पत्र बुझाइएको छ ।


प्रकाशित : वैशाख २९, २०७८ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?