कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेनीमा छुट्टै कोरोना ब्लक

म्याग्दी — कोरोनाको दोस्रो लहर समुदायमा फैलिएसँगै बेनी अस्पतालमा छुट्टै कोरोना ब्लक बन्न थालेको छ । निर्माणाधीन भवनका ४ कोठामा संरचनात्मक सुधार गरी अक्सिजन पाइपलाइन जडित २० बेड क्षमताको कोरोना सेक्सन निर्माण भइरहेको हो । अस्पतालमा ४ भेन्टिलेटरसहितको छुट्टै आईसीयू कक्ष पनि रहनेछ ।

‘सदरमुकाम बेनीमा कोरोना संक्रमित बिरामी भर्ना गरी उपचार गर्ने छुट्टै आइसोलेसन छैन । विभिन्न निकायसँग आर्थिक तथा भौतिक सहयोग जुटाएर एक/दुई दिनमै कोरोना ब्लक सञ्चालन हुने गरी काम भइरहेको छ,’ अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले भने, ‘कोरोना संक्रमणको फैलावटको तुलनामा आइसोलेसन निर्माणमा ढिलाइ भइरहेको छ ।’

अस्पतालले कोरोना संक्रमणलाई लक्षित गरी ६२ लाख ४० हजार रुपैयाँ लागतमा अक्सिजन प्लान्ट जोडेको छ । इमर्जेन्सी, जनरल र आईसीयू कक्षका सबै बेडसम्म अक्सिजन पुर्‍याइएको छ । प्लान्टबाट दैनिक १० सिलिन्डर अक्सिजन भर्न सकिने अस्पतालले जनाएको छ ।

कँडेलका अनुसार हाल अस्पतालमा ४ साना, ४ मझौला र ३४ ठूला गरी ४२ वटा अक्सिजन सिलिन्डर छन् । पुरानो र साँघुरा अस्थायी संरचनामा सञ्चालन भएको अस्पतालमा जनरल बिरामीसँग कोरोना संक्रमित राख्न नमिल्ने भएपछि कोरोना ब्लक बनाउन लागिएको हो ।

एउटै कम्पाउन्डमा २ छुट्टाछुट्टै भवनमा कोरोना अस्पताल र बेनी अस्पताल सञ्चालन रहने छ । बेनी अस्पतालले आईसीयूमा भने कोरोनाका बिरामी राख्नेछ ।

प्रकाशित : वैशाख २६, २०७८ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?