कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

आइसोलेसन सेन्टर थपिँदै

प्रतीक्षा काफ्ले

पोखरा — संक्रामक तथा सरुवा रोग अस्पताल कोरोना संक्रमित बिरामीले भरिएपछि गण्डकी प्रदेश सरकारले पुनः आइसोलेसन सेन्टर बनाउन थालेको छ ।

आइसोलेसन सेन्टर थपिँदै

सरकारले गण्डकीका ११ वटै जिल्लाका संक्रमितलाई एकै ठाउँमा उपचार गर्ने गरी संक्रामक तथा सरुवा रोग अस्पतालको स्थापना गरेको थियो । अस्पताल भरिएपछि आइसोलेसन सेन्टर थप्न लागेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले बताए ।

उक्त अस्पतालमा हाल ५५ शय्या छन् । ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइसोलेसन सेन्टर तयार गर्दै छौ,’ उनले भने, ‘सरुवा रोग अस्पताल बिरामीले भरिएपछि अब अन्य बिरामीलाई क्षेत्रीय अस्पतालमा राख्छौँ ।’ पोखरा–३० मा रहेको यो मुलुककै दोस्रो ठूलो सरुवा रोग अस्पताल हो । यहाँ हाल कोभिडका ४६ बिरामी छन् । अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले कोभिड बिरामीको लागि ४६ वटा वेड राखिएको बताउँदै ५ बेड आकस्मिक बिरामीका लागि छुट्ट्याइएको बताए ।

‘कोभिडका बिरामीले सबै बेड भरिएका छन्,’ उनले भने, ‘अब आउने बिरामीका लागि बेड अपुग छ । त्योभन्दा पनि ठूलो समस्या जनशक्ति अभाव छ ।’ उनले बिरामीको संख्या थपिँदै जाँदा जनशक्ति अपुग भएपछि गुणस्तरीय सेवा दिन नसकिने बताए । दरबन्दीकै टुंगो नलागेकाले जनशक्तिको आवश्यकतानुसार पूर्ति हुन नसकेको उनको भनाइ छ । अहिले भइरहेको जनशक्तिअनुसार जम्मा १५ बिरामीलाई मात्र सेवा दिन सकिने अस्पतालले जनाएको छ ।

हाल १० डाक्टर र ६ जना नर्स छन् । हालै मात्र पनि २६ जना नर्सको आवश्यक रहेको डा. गौचनले बताए । उनका अनुसार कोभिडकै बिरामीलाई आईसीयू चलाउनुपरेमा पनि चिकित्सक छैनन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १५ बेडको आइसोलेसन सेन्टर बनाउन लागिएको हो ।

प्रकाशित : वैशाख २०, २०७८ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?