कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सबै सांसदको पीसीआर परीक्षणको माग राख्दै एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

पोखरा — सत्तारुढ दल एमालेका सांसदले पीसीआर परीक्षणको माग गर्दै विरोध गरेपछि गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ । सत्तारुढ दल एमालेका सांसदहरुले सबै सांसदहरुको पीसीआर परीक्षणपछि मात्रै बैठक सुरु गर्नुपर्ने भन्दै सदन अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

सबै सांसदको पीसीआर परीक्षणको माग राख्दै एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

अहिले पुन: प्रदेशसभा बैठक सुरु भइसकेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न बोलाइएको विशेष अधिवेशन सोमबारदेखि सुरु भएको हो । मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेशसभामा टेबल भएको थियो । सोमबार प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

अविश्वास प्रस्ताव पेस गर्ने २८ सांसदको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव पेस गरेका हुन् । नेपाली नयाँ मुख्यमन्त्रीमा प्रस्तावित छन् ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ मा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थियो । राष्ट्रिय जनमोर्चाका ३ सांसदले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । अविश्वास प्रस्ताव माथि बुधबार मतदान हुँदैछ ।


प्रकाशित : वैशाख १४, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×