कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

एक विद्यार्थीमा कोरोना देखिएपछि कावासोतीका विद्यालय ६ दिनका लागि बन्द

नारायण शर्मा

नवलपरासी — पूर्वीनवलपरासी सदरमुकाम कावासोतीको एक विद्यार्थीमा कोराना संक्रमण पुष्टि भएपछि नगरपालिकाभित्रका विद्यालय ६ दिनका लागि बन्द गरिएको छ । 

एक विद्यार्थीमा कोरोना देखिएपछि कावासोतीका विद्यालय ६ दिनका लागि बन्द

कावासोतीस्थित शिव उमाविका कक्षा १० मा अध्ययनरत छात्रमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि यहाँका बिद्यालय आउँदो शुक्रबारसम्मका लागि बन्द गर्ने निर्णय भएको हो । नगरस्तरीय विपद् व्यवस्थापन समितिको आइतबारको बैठकले विद्यालयमा कोराना संक्रमण पुष्टि भएका कारण विद्यालय बन्द गर्ने निर्णय भएको समितिका सदस्य तथा वडा नम्बर ११ का अध्यक्ष शारदाप्रसाद अधिकारीले जानकारी दिए ।

पूर्वी नवलपरासी सदरमुकाम रहेको कावासोती नगरपालिकाका ६० वटा विद्यालयमा १७ हजार विद्यार्थी छन् ।

हुप्सेकोट गाउँपालिकाको एक विद्यालयका शिक्षकलाई पनि शनिबार कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ पनि विद्यालय बन्द गरिएको छ । त्यहाँ वैशाखभित्र परीक्षा सक्न निर्देशन दिइएको छ । मध्यबिन्दु नगरपालिकामा होस्टेलमा विद्यार्थी नराख्ने निर्णय गरेको शिक्षा समन्वय इकाईले जानकारी दिएको छ ।

प्रकाशित : वैशाख १२, २०७८ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?