कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कास्कीबाट गाँजासहित एकजना पक्राउ

कास्की — पोखरा महानगरपालिका ३० पावर हाउसस्थित सवारी साधन जाँच गर्ने क्रममा मंगलबार ६ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीको टोलीले सुराकीको आधारमा धादिङको गल्छी गाउँपालिका ८ गोगनपानीका २२ वर्षीय सानुकान्छा तामाङ्गलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको साथबाट ६ केजी गाँजा बरामद गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनका अनुसार तामाङलाई लागूऔषध सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ ।

प्रकाशित : वैशाख १, २०७८ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?