कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

शिशु हत्या अभियोगमा आमा पक्राउ

प्रतीक्षा काफ्ले

कास्की — आफ्नै शिशु हत्या गरेको अभियोगमा कास्की प्रहरीले आमालाई पक्राउ गरेको छ ।

बागलुङको ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्दै आएकी २२ वर्षीया गीता कुँवर सुनारले ४२ दिनको शिशु (छोरा) को हत्या गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । हमालका अनुसार सुनारलाई घटनालगत्तै विहिबार पक्राउ गरिएको हो ।

कर्तव्य ज्यान सम्बन्धी कसुरअन्तर्गत शुक्रबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ । ‘मान्छे हेर्दा सोझी, खासै नबोल्ने, विवाह भएको जम्मा ६ महिना भएको रहेछ’, डीएसपी हमालले भने, ‘श्रीमान्‌सँग सम्बन्ध बिग्रिन्छ भनेर छोराको हत्या गरेको रहिछन् ।’ महिलाले अर्कैसँगको बच्चा जन्माएकाले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीका अनुसार घरमा श्रीमान् नभएको मौका पारी सुनारले छोराको हत्या गरेकी थिइन् ।

प्रकाशित : चैत्र २०, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×