कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

म्याग्दीमा न्यायाधीश नहुँदा मुद्दा फैसला रोकियो

म्याग्दी — जिल्ला अदालत म्याग्दीमा न्यायाधीश नहुँदा विभिन्न मुद्दाको फैसला रोकिएको छ । न्यायाधीश माधवेन्द्रराज रेग्मी चैत ४ मा उच्च अदालत दाङमा सरुवा भएपछि अर्का न्यायाधीश पठाइएको छैन । 

म्याग्दीमा न्यायाधीश नहुँदा मुद्दा फैसला रोकियो

अदालतका अनुसार न्यायाधीश नहुँदा कोरोनाका कारण रोकिएका पुराना र अंग पुगेका धेरै मुद्दाको फैसलामा ढिलाइ भएको छ । भर्खर अभियोजन गरिएका मुद्दाको थुनछेक आदेश पनि प्रभावित भएको छ ।

थुनछेक आदेश गर्न तहसिलदारलाई अधिकार भए पनि न्यायाधीशलाई ‘पुनर्विचार’ प्रयोजनका लागि मुद्दा पुन: पेसीमा राख्नुपर्ने कानुनी व्यवस्था छ । ‘न्यायाधीशविहिन हुँदा न्यायिक प्रक्रियामा प्रभाव परेको छ । आर्थिक वर्षको तेस्रो चौमासिक चल्दै छ, अंग पुगेका मुद्दा पनि धेरै छन्,’ तहसिलदार भेषनाथ पौडेलले भने, ‘हामीले गरेका थुनछेक आदेशमाथि न्यायाधीशले पुनर्विचार गर्ने परिपाटी भएकोले ढुक्कले आदेश गर्न गाह्रो हुन्छ ।’ पौडेलका अनुसार यस अवधिमा ३ मुद्दामा थुनछेक आदेश भइसकेको छ । थप तीनमा आदेश हुन लागेको छ ।

अदालतमा चैत १७ सम्म दर्ता भएका १ सय ४४ सहित ३ सय ८७ मुद्दा छन् । यीमध्ये सरकारवादी देवानीतर्फका १ सय १६, दुनियाँवादी फौजदारीतर्फका २०, सरकारवादी फौजदारी तर्फका ७४ गरी २ सय १२ मुद्दा फर्छ्योट हुन बाँकी छन् । बुधबार लागुऔषध, कुटपिट तथा अंगभंग र सवारी ज्यानसमेत गरी ३ मुद्दा थपिएका छन् ।

प्रकाशित : चैत्र १९, २०७७ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?