कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेनी–जोमसोम सडक मंगलबारसम्म बन्द

घनश्याम खड्का

म्याग्दी — बेनी–जोमसोम सडक शनिबारदेखि चार दिनलाई पूर्ण रूपमा बन्द गरिएको छ  । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार सडक चैत १७ गतेसम्म बन्द हुनेछ । 

बेनी–जोमसोम सडक मंगलबारसम्म बन्द

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी–मुस्ताङ सीमाक्षेत्रको काप्रे भिर र मुस्ताङको थासाङ गाउँपालिका, ४ कैकुखोलानजिक सडक स्तरोन्नति गर्न भिर काट्नुपर्ने भएकाले चार दिनलाई बन्द गरिएको कार्यालयले जनाएको छ ।

काप्रे भिर र कैकु खोला खण्ड बेनी–जोमसोम ७६ किमी सडकको सबैभन्दा बढी जोखिमयुक्त एवं दुर्घटना भइरहने क्षेत्र हो । औपचारिक घोषणा नभए पनि गत पुस १९ देखि म्याग्दीको रघुगंगा–१ तिप्ल्याङ खण्डको भिर र अन्नपूर्ण गाउँपालिका–३ दानाको काप्रे भिर खण्डमा बिहान ७ देखि १२ बजेसम्म र दिउँसो २ देखि साँझ ६ बजेसम्म यातायात बन्द गरी सडक स्तरोन्नतिको काम भइरहेको छ ।

प्रकाशित : चैत्र १५, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?