कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहीबार मनकामना केबुलकार बन्द हुने

रासस

काठमाडौँ — मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो । 

बिहीबार मनकामना केबुलकार बन्द हुने

नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार केबुलकार चैत १३ गते शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ ।

लामो समय बन्द भई सञ्चालनमा आएको मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएका छन् । कोरोना महामारीका कारण नौ महिना बन्द रहेको केबुलकार र मनकामना मन्दिर गत मङ्सिर २८ गतेदेखि सञ्चालनमा आएको हो । केबुलकारबाहेक मोटरबाटो र पैदल हुँदै पनि दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्छन् ।

प्रकाशित : चैत्र १०, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?