कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

बलात्कार आरोपमा १५ वर्षीय किशोर पक्राउ

प्रतीक्षा काफ्ले

स्याङ्जा — आँधीखोला गाउँपालिकाकी २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले सोही ठाउँका १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ । बोल्न, सुन्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोप ती किशोरमाथि छ । 

युवतीका आफन्तले दिएको जाहेरीमा ती किशोरले गत पुस ९ र १५ गते बलात्कार गरेको उल्लेख छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीका अनुसार युवतीको गर्भ बसेपछि घटना सार्वजनिक भएको हो ।

पीडितले आइतबार प्रहरीमा जाहेरी दिएको उनले बताए । प्रहरीले सोही दिन किशोरलाई पक्राउ गरेको हो । जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : चैत्र ९, २०७७ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?