कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

गैंडाको आक्रमणबाट एकको मृत्यु

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिका-१२ की ४४ वर्षीया पविसरा विकको बिहीबार मृत्यु भएको हो ।

बिहान बारीमा घाँस काट्न जाँदा उनलाई गैंडाले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो एक वर्षमा यस क्षेत्रमा गैंडाको आक्रमणबाट २ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

प्रकाशित : फाल्गुन २०, २०७७ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?