कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागलुङ बजारमा मगरहरुको र्‍याली 

प्रकाश बराल

बागलुङ — मगर एकताको पक्षमा भन्दै शनिबार बागलुङ बजारमा मगरहरुको र्‍याली निकालिएको छ । 

बागलुङ बजारमा मगरहरुको र्‍याली 

३९ औं मगर दिवसको अवसरमा उनीहरुले र्‍याली निकालेका हुन् । सहभागीहरुले आरक्षणमा पाएको कोटा खोसिएको आरोप लगाए । ‘सयौं कर्मचारीको आवश्यकतालाई ७ सय ५३ पालिकामा बाँडेर आरक्षण नदिने नीति बनाएर मगरसहितका आदिवासी जनजातिलाई नजरअन्दाज गरिएको छ’, मगर विद्यार्थी संघ गण्डकी प्रदेशका अध्यक्ष विष्णु आलेले भने, ‘निजामती र राजनीतिक क्षेत्रको उच्च पदमा पुगे भने आफ्नो खाइपाइ आएको अधिकार खोसिन्छ भन्ने चिन्ता गर्ने धेरै छन् ।’ उनले समावेशीकरण मात्र नभइ आगामी जनगणनामा पनि आफ्नो पहिचान खुलाउन आग्रह गरे ।

कार्यक्रममा सहभागीले मगर भाषासहितको बहुभाषिक विश्वविद्यालय स्थापनाको माग गरेका छन् । ‘सबैखाले अधिकारको संस्थागत विकासमा ऐक्यबद्धता देखाइएको छ’, संघको गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष गणेश थापा मगरले भने, ‘पहिचानको लडाइँले पूर्णता पाउनैपर्छ ।’ जिल्लाका सबै पालिकामा समेत कार्यक्रम भएकोमा सदरमुकाममा भने सयौं सहभागी थिए । उनीहरुले बजार परिक्रमा गरेर अधिकारका लागि एकजुट हुने नारा पनि लगाएका थिए ।



प्रकाशित : फाल्गुन १५, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?