कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखामा जिप दुर्घटना : ५ जना घाइते

हरिराम उप्रेती

गोरखा — कोष तथा लेखा नियन्त्रण कार्यालयको गाडीले ठक्कर दिँदा दुई स्कुले विद्यार्थीसहित पाँच जना घाइते भएका छन् । 

गोरखामा जिप दुर्घटना : ५ जना घाइते

गोरखा बजारबाट आबुखैरेनीतर्फ गइरहेको बा २ झ २२९२ नम्बरको गाडीको ठक्करबाट गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा विद्यालयबाट घर फर्कंदै गरेका अमिसा थापा र इम्रन राना घाइते भएका छन् ।

बाटोमा कुकुरलाई छल्न खोज्दा जिपले छेउमा हिँडिरहेका विद्यार्थीलाई ठक्कर दिएको प्रहरीले बताएको छ । घाइते थापा र रानालाई गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

जिपमा सवार कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नारायणदत्त शर्मा, र जिल्ला प्रशासन कार्यालयका अधिकृत गणेश भट्टराई र उर्मिला भट्टराई पनि घाइते भएका छन् । जिप सडकबाट करिब १० मिटर तल खसेको छ । उनीहरुको भने गोरखा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : माघ २३, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?