कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

बालिकाको मृत्युपछि अस्पतालमा तालाबन्दी

स्याङ्जा — भीरकोट नगरपालिका–१ स्थित कालिका सामुदायिक अस्पतालमा स्थानीयले तालाबन्दी गरेका छन् । भीरकोट–७ तिलारका यामप्रसाद खाम्चाकी पाँचमहिने छोरीको मृत्यु भएको विषयलाई लिएर स्थानीयले बिहीबार बिहानदेखि ताला लगाइदिएका हुन् ।

बालिकाको मृत्युपछि अस्पतालमा तालाबन्दी

स्थानीय मीनप्रसाद कोइरालाका अनुसार चिकित्सकले अस्पताल पुर्‍याएको धेरै बेरसम्म पनि उपचार नगरिदिँदा बालिकाको मृत्यु भएको बताए । ‘सामुदायिक अस्पतालमा स्थानीय र राज्यको करोडौं लगानी छ,’ उनले भने, ‘सञ्चालक समिति र व्यवस्थापकको लापरबाहीका कारण अस्पतालले जनतालाई जहिलै दु:ख दिइरहेको छ ।’

यामबहादुरकी छोरी लोककुमारीको उपचारमा आलटाल गरिएकैले मृत्यु भएको स्थानीयको भनाइ छ । जिल्ला प्रहरीप्रमुख एसपी होविन्द्र बोगटीले स्थानीय र अस्पताल पक्षसँग वार्ता गर्न लागिएको बताए । ‘स्थानीयले चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको बताउँदै विरोध गरेका छन्,’उनले भने, ‘यता अस्पतालले बाटोमा ल्याउँदै ढिला भएको तर ल्याइसकेपछि बेलैमा उपचार गरेको बताएको छ ।’

प्रकाशित : माघ २२, २०७७ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?