कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखामा नेकपा दाहाल-नेपाल पक्षद्वारा निर्वाचन सम्बन्धी कार्यक्रम बहिष्कार

हरिराम उप्रेती

गोरखा — दाहाल–नेपाल नेतृत्वको नेकपाले निर्वाचन सम्बन्धी कार्यक्रम बहिष्कार गरेको छ । जिल्ला निर्वाचन कार्यालयले बुधबार मतदाता नामावली अद्यावधिक (दाबीविरोध) बारे सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । 

गोरखामा नेकपा दाहाल-नेपाल पक्षद्वारा निर्वाचन सम्बन्धी कार्यक्रम बहिष्कार

दाहाल–नेपाल समूहका तर्फबाट कार्यक्रममा सहभागी बनेका सचिवालय सदस्य यादव बस्नेतले कार्यक्रमको सुरुवातमै हुँदै नहुने निर्वाचनबारे छलफल कार्यक्रम स्थगित गर्न माग गरे । कार्यक्रम स्थगित नभए आफ्नो पार्टीले बहिष्कार गर्ने भन्दै बस्नेत कार्यक्रम हलबाट बाहिरिएका हुन् । ‘प्रतिनिधिसभा विघटनबारे सर्वोच्चमा पनि बहस चलिरहेको छ,’ बस्नेतले भने,‘हाम्रो नेतृत्वले पनि निर्वाचन कार्यालय पुगेर निर्वाचन सम्बन्धी कार्यक्रम स्थगित गर्न माग गरेको छ, निर्वाचन कार्यक्रम बहिष्कार गर्ने केन्द्रीय पोलिसी पनि हो, जिल्ला तहबाट पनि विरोध जनाएका हौं ।’

सरकारले वैशाख १७ र २७ गते प्रतिनिधिसभा मध्यावधि निर्वाचन घोषणा गरेकोले निर्वाचन कार्यालयले तयारी स्वरुप छलफल कार्यक्रम आयोजना गरेको हो । अन्य दलका प्रतिनिधिले भने छलफलमा भाग लिएका छन् ।


प्रकाशित : माघ १४, २०७७ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?