लमजुङमा काठ अप्रेसन अभियान

आश गुरुङ

लमजुङ — लमजुङ प्रहरीले काठ अप्रेसन अभियानअन्तर्गत ४ सय ९६ दशमलब ६४ क्युफिट अवैध काठसहित २ जनालाई पक्राउ गरेको छ ।

लमजुङमा काठ अप्रेसन अभियान

प्रहरीले मंगलबार सााझ प्रहरी हवल्दार खिलबहादुर उपरकोटीको नेतृत्वको टोलीले दोर्दी गाउँपालिका ८ खिन्चोकबेंसीबाट चाँपको ७४ दशमलब ८२ क्युफिट काठसहित चालक दोर्दी गाउँपालिका ६ का २८ वर्षीय कन्याबहादुर तामाङ र सोही गाउँपालिका ८ का ३६ वर्षीय मेघराज घलेलाई पक्राउ गरेको छ ।

बुधबार दोर्दी गाउँपालिका ८ पाँचस्वाराको तयारी अवस्थाको चाँपको ३९६ दशमलब ९१ क्युफिट अवैध चिरान काठ बरामद गरेको प्रहरीले जनाएको छ । बिहीबार मध्यनेपाल नगरपालिका ९ पिस्तीखोला बगरबाट इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर बोधराज रेग्मीको नेतृत्वमा खटिएको प्रहरीले बेवारिसे अवस्थाको २३ र ९१ क्युफिट सालको चिरान काठ बरामद गरेको छ । डीएसपी गंगाबहादुर थापाका अनुसार ३ दिनको अवधिमा अन्दाजी १५ लाख ३४ हजार ७ सय ४० रुपैयाँ मूल्य बराबरको अवैध काठ बरामद गरेको बताए ।

प्रहरीका अनुसार बरामद काठ र घटनामा संलग्न व्यक्ति साथै सवारीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाएको छ । डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत पूर्णेश्वर सुवेदीले प्रहरीले बरामद काठ र पक्राउ गरेका व्यक्तिउपर अनुसन्धान भइरहेको बताए ।


प्रकाशित : माघ ९, २०७७ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?