कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बगुवामा दस हल गोरुको घम्साघम्सी

गोरु जुधाई
हरिराम उप्रेती

गोरखा — माघे संक्रान्तिको अवसर पारेर भिमसेन थापा गाउँपालिका–५ बगुवामा दस हल गोरु जुधाइएको छ ।

बगुवामा दस हल गोरुको घम्साघम्सी

हराउँदै गएको परम्परालाई जीवन्त राख्दै यहाँका युवाहरुले गोरु जुधाउने प्रचलनलाई निरन्तरता दिइएका हुन् । बिहीबार दिनभर दस हल गोरुको घम्साघम्सी हेर्न यहाँ स्थानीयको भीड लागेको थियो । गोरु जुधाउन यहाँका स्थानीयले आफ्नै नियम बसाले । दुई मिनेटभन्दा माथि जुधेर विजेता हुनेलाई पाँच हजार र उपविजेतालाई तीन हजार पुरस्कारको व्यवस्था गरेको स्थानीय रविन सिम्खडाले बताए ।

४४ मिनेट ३७ सेकेन्ड जुधेर स्थानीय किसान प्रदिप गुरुङको गोरु उत्कृष्ट भयो । गुरुङको गोरु र प्रदिप परियारको गोरुबीच प्रतिस्पर्धा गराइएको थियो । लोकबहादुर बराम र राजेश सेन्चुरीको गोरुबीच ३० मिनेट ११ सेकेन्ड घम्साघम्सी भएको सिम्खडाले बताए । ‘१० जोडी गोरु जुधाइएको हो, दुई मिनेटभन्दा कम जुध्ने गोरुलाई सान्त्वना स्वरुप दुई हजार पुरस्कारको व्यवस्था गरिएको थियो, दुई मिनेटभन्दा वढी जुध्ने विजेता र उपविजेतालाई पाँच हजार र तीन हजार पुरस्कारको व्यवस्था गरिएको छ,’ उनले भने । दुई मिनेटभन्दा कम जुध्ने चार गोरुलाई सान्त्वना स्वरुप दुई हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

माघी पर्वलाई रमाइलो बनाउन र परम्परालाई जीवन्त राखिराख्न बर्सेनि गोरु जुधाइ प्रतियोगिता गर्ने गरेको आयोजक सिर्जनशील युवा क्लबका अध्यक्ष विष्णुबहादुर दानकोटीले बताए ।

प्रकाशित : माघ १, २०७७ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?