घूस रकमसहित हवल्दार अख्तियारको नियन्त्रणमा- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूस रकमसहित हवल्दार अख्तियारको नियन्त्रणमा

सम्झना रसाइली

तनहुँ — तनहुँमा एक प्रहरी हवल्दारलाई घूस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा रहेका व्यक्ति छुटाइदिने भन्दै घूस लिएको अवस्थामा इलाका प्रहरी कार्यालय बेलचौताराको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।

प्रहरी हवल्दार भण्डारीले विभिन्न बहाना बनाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घूस मागिरहेको सूचनाका आधारमा टोलीले नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी गराएका छन् । पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : पुस २८, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्

मन्देकाजी श्रेष्ठ बने उत्कृष्ट पुरुष खेलाडी

कान्तिपुर संवाददाता

काठमाडौँ — १३औं सागमा २ स्वर्ण जितेका मन्देकाजी श्रेष्ठ उत्कृष्ट पुरुष खेलाडी भएका छन् ।

मंगलबार आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा मन्देकाजी उत्कृष्ट पुरुष वर्ष खेलाडी घोषित भए । उनले १५० सीसीको पल्सर मोटरसाइकल पाए ।

साफ कराते च्याम्पियनसिपमा श्रेष्ठले स्वर्ण जितेका थिए । यो विधामा एथ्लेटिक्सका गोपीचन्द पार्की, गल्फका सुवास तामाङ, फुटबलका विकेश कुथु र तेक्वान्दोका कमल श्रेष्ठ मनोनयनमा परेका थिए ।

प्रकाशित : पुस २८, २०७७ १८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×