कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घलेडाँडामा वृद्ध मृत फेला

गोरखा — सहिद लखन गाउँपालिका–७ का ७३ वर्षीय तेजबहादुर थापाको भीरबाट लडेर ज्यान गएको छ ।

सोमबार चितवनबाट घर फर्कंदै गरेका थापा मंगलबार रानीखोलास्थित घलेडाँडा भीरबाट लडेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वासुदेव खतिवडाले बताए ।

भीरबाट करिब ५० मिटर तल शव फेला परेको उनले बताए । प्रारभ्भिक अनुसन्धानको क्रममा भीरबाट लडेर मृत्यु भएको खुल्न आएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि गोरखा अस्पताल पठाइएको डिएसपी खतिवडाले बताए ।

प्रकाशित : पुस २१, २०७७ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?