कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी गुरुङ र पौडेल पुरस्कृत

पोखरा — कान्तिपुरका लमजुङ संवाददाता आश गुरुङ र नवलपरासी संवाददाता नविन पौडेल पुरस्कृत भएका छन् । गुरुङलाई यसवर्षको स्व.लोकबहादुर गुरुङ स्मृति पुरस्कार र पौडेललाई स्व.कृष्णप्रसाद पराजुली स्मृति पुरस्कार २०७७ बाट पुरस्कृत प्रदान गरिएको हो ।

कान्तिपुरकर्मी गुरुङ र पौडेल पुरस्कृत

पत्रकारिता र गुरुङ गीतमा पुर्‍याएको योगदानको कदर गर्दै लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानले गुरुङलाई शनिबार पुरस्कृत गरेको हो । लोकबहादुर गुरुङको छैठौं स्मृति दिवस समारोहमा पत्रकार गुरुङलाई ३५ हजार रुपैयाँ राशिको पुरस्कारसहित गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले सम्मान गरेका हुन् ।

यस्तै नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासी शाखाद्वारा सञ्चालित एवं शाखाका पूर्वउपाध्यक्ष वीरेन्द्र पराजुलीद्वारा आफ्नो बुबाको स्मृतिमा स्थापित स्व.कृष्णप्रसाद पराजुली स्मृति पुरस्कार पौडेललाई प्रदान गरिएको हो ।

शाखाको पहिलो साधारणसभामा पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट र प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नगद र सम्मानपत्र प्रदान गरे । साधारण सभाका अवसरमा क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार रामकुमार श्रेष्ठ, धनु भुषाल र दयाराम आचार्य पुरस्कृत भएका छन् ।

२० वर्षसम्म लगातार पत्रकारिता पेसामा आवद्ध पत्रकार होमराज रानाभाट, कान्तिपुरकर्मी नारायण शर्मा, होमनाथ जैसी, लालकुमार भट्टराई र भूपेन्द्र शर्मा नवलपरासी शाखाका संस्थापक सहसचिव विष्णुदेवी पाण्डे र संस्थापक सल्लाहकार गोविन्दराज विनोदीलाई साधारणसभामा सम्मान गरिएको थियो ।

प्रकाशित : पुस १८, २०७७ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?