२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

वेत्रावतीबाट तस्करीको १ किलो सुनसहित २ जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीले रसुवाको वेत्रावतीबाट तस्करीको १ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौंबाट खटिएको टोलीले शनिबार बेलुकी सुनसहित २ जनालाई वेत्रावती पुलबाट पक्राउ गरेको हो ।

वेत्रावतीबाट तस्करीको १ किलो सुनसहित २ जना पक्राउ

१ किलो सुनलाई चार टुक्रा बनाएर ल्याएको अवस्थामा उनीहरु पक्राउ परेका सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् । उनका अनुसार पक्राउ पर्नेमा रसुवा गत्लाङका दावा साङ्बो तामाङ र आमा छोदिङ्मोका विशाल तामाङ छन् ।

उनीहरुले सुन मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा बरामद भएको हो ।

यसअघि गत महिना रसुवाबाट २ किलो बरामद भएको थियो । केही दिनअघि दोलखाबाट पनि ७ किलो सुन बरामद भएको थियो ।

प्रकाशित : आश्विन १३, २०८० १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?