कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीमा शुक्रबार थपिएका १५ संक्रमित भारतबाट फर्किएका मजदुर

ओमप्रकाश ठाकुर

सर्लाही — भारतसँग सीमा जोडिएको सर्लाहीको दुई स्थानीय तहमा शुक्रबार बिहान १५ जना कोरोना संक्रमण पोजेटिभ भएको पुष्टि भएको छ । योसहित जिल्लामा संक्रमितको संख्या २० पुगेको छ । 

सर्लाहीमा शुक्रबार थपिएका १५ संक्रमित भारतबाट फर्किएका मजदुर

गोडैता नगरपालिकाका १४ जना र रामनगर गाउँपालिकाका एक जना गरी १५ जनामा शुक्रवार संक्रमण पुष्टि भएको हो । भारतबाट मजदुरी गरेर नेपाल फर्केका मजदुरहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । संक्रमितहरु १८ वर्षदेखि ३९ वर्ष सम्मका छन् । केही दिनअघि भारतबाट मजदुरी गरेर फर्केका नेपालीहरु भारतीय सीमावर्ती बजारमा अलपत्र परेपछि स्थानीय तहहरुले धमाधम आफ्ना नागरिकलाई व्यवस्थित तरिकाले ल्याएर क्वारेन्टाइनमा रोखेको थियो ।

गत मंगलबार क्वरेन्टाइनमा बस्दै आएका गोडैताका ८१ जना र रामनगरका ५ जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो । जसमध्ये गोडैताका १३ जना पुरुष र एक जना महिला तथा रामनगरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ जिसीले बताए ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै प्रजिअ जिसीले उनीहरुलाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा लग्ने तयारी भइरहेको बताए । उनले संक्रमित क्वरेन्टाइनमा बस्दै आएकाले समुदायको ट्रेसिङ गर्नु पर्ने अवस्था नरहेको जानकारी दिए । ‘संक्रमित सवै भारतबाट आएका मजदुर हुुन्, उनीहरु सीमामा अलपत्र परेपछि स्थानीय तहले ल्याएर क्वरेन्टाइनमा राखेको थियो, जाँचको क्रममा केहीमा संक्रमण भएको पुष्टि भएको छ,’ प्रजिअ जिसीले भने, ‘समुदायमा घुलमिल नभएका कारण स्थानीय आत्तिनु पर्ने अवस्था छैन ।’

सम्बन्धित समाचार

सर्लाहीका १५ सहित थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४८७ पुग्यो

प्रकाशित : जेष्ठ ९, २०७७ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?