३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सर्लाहीका १५ सहित थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४८७ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो ।

सर्लाहीका १५ सहित थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४८७ पुग्यो

शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ । संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेढी गाउँपालिकाका ४५ वर्षीय पुरुष, चितवनको भरतपुर महानगरपालिका-६ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । त्यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका-३ र १८ निवासी ३३ वर्षीय तथा ३५ वर्षीय पुरुष र १५ वर्षीया किशोरी रहेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका ८ वर्षीया बालिकासहित ९ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी १५ जना रहेको मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमण पुष्टि भएकाहरुको उमेर समूह ८ देखि ७४ वर्ष रहेको छ ।

संक्रमण पुष्टि भएकाहरुमध्ये अहिलेसम्म ४९ जना निको भएका छन् । त्यस्तै बाँकेको सुशील कोइराला क्यान्सर अस्पतालमा उपचाररत २१ जना शुक्रबार डिस्चार्ज हुँदैछन् । संक्रमण पुष्टि भएकाहरुमध्ये बाँके, सिन्धुपाल्चोक र गुल्मीका एक/एक जना गरी ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?