२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कोशीको बजेट ३५ अर्ब २७ करोड ९३ लाख [पूर्णपाठ]

विराटनगर — कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ । 

कोशीको बजेट ३५ अर्ब २७ करोड ९३ लाख [पूर्णपाठ]

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार अघिल्लो बजेटभन्दा करिब एक अर्ब घटीको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ ।

अघिल्लो वर्ष पनि एमालेकै नेतृत्वको सरकारले बजेट सार्वजनिक गरेको थियो । मुख्य मन्त्री हिक्मतकुमार कार्की मुख्यमन्त्रीकै कुर्सीमा सत्तासिन थिए । अल्पमतको सरकारका कारण त्यो बेला उनले अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।

नीति तथा कार्यक्रम र बजेट पारित नहुने निश्चित भएपछि अध्यादेशबाट बजेट ल्याइएको थियो ।

पूर्णपाठ

प्रकाशित : असार १, २०८१ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x