२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

पत्रकार दाहाल पुरस्कृत

बिर्तामोड — ‘नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार’ बाट झापाकी अग्रज पत्रकार सावित्रा दाहाल पुरस्कृत भएकी छन् । नारी सञ्चार गृह झापाले बुधबार बिर्तामोडमा एक कार्यक्रमबीच दाहाललाई एक लाख एक हजार एक सय रुपैयाँसहित सम्मान गरेको हो । उनी उक्त गृहकी संस्थापक अध्यक्ष पनि हुन् । 

पत्रकार दाहाल पुरस्कृत

नेपालको पहिलो महिला सम्पादक तथा राजनीतिज्ञ साधना प्रधानको नाममा स्थापित उक्त पुरस्कार गृहले यसै वर्षदेखि वितरण सुरु गरेको हो । त्यस्तै २५ हजार रुपैयाँको युवा पत्रकारिता पुरस्कार पत्रकार सुष्मा राजवंशीलाई प्रदान गरिएको छ । गृहले ‘नारी सञ्चार प्रोत्साहन अक्षय कोष’ स्थापना गरेको छ ।

कोषमा ३३ लाख रुपैयाँ जम्मा गरेको गृहकी अध्यक्ष भीमा सिवाकोटीले जानकारी दिइन् । कोषको ब्याजबाट पुरस्कारको राशि व्यवस्थापन गरेको उनले बताइन् ।

प्रकाशित : वैशाख ६, २०८० २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?