२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

धनकुटामा वृद्धको हत्या आरोपमा नाति पक्राउ

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका–५ ज्यामिरेमा एक वृद्धको हत्या अभियोगमा मृतकका नाति पक्राउ परेका छन् ।स्थानीय ७० वर्षीय मानबहादुर बस्नेतको हत्या अभियोगमा उनकै २२ वर्षीय नाति निरज कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ । अभियुक्त कटुवाल मृतकका छोरीतर्फका नाति हुन् ।

धनकुटामा वृद्धको हत्या आरोपमा नाति पक्राउ

कटुवालले बिहीबार मध्यरातमा बस्नेतको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धान अधिकृत मानबहादुर श्रेष्ठले जानकारी दिए । 'राति १० बजेसम्म आफ्नै घरमा रहेका कटुवालले आधा घन्टाको दुरीमा रहेको मावली घर पुगेर हत्या गरेको देखिन्छ', उनले भने, 'विगतमा मावली घर आतेजाते गर्दा नातिलाई गलत बाटोमा नलाग्न भन्दै सम्झाइबुझाइ गरेको र सोही निहुँमा प्रतिशोध साँध्न हत्या गरेको खुलेको छ ।'

माथिल्लो तलामा रहेका मृतकका भाइ कमलले घटनाबारे थाहा नपाएपछि घटना रहस्यमय बनेको अवस्थामा पक्राउ परेका उनका नातिबाट त्यसबारे खुलासा भएको प्रहरीको भनाइ छ । सुस्तश्रवणका कारण कमलले घटनाबारे शुक्रबार बिहान दाजुको अवस्था देखेर मात्र थाहा पाएपछि छिमेकमा खबर गरेका थिए । कटुवालले कमलको सिरानीमा रहेको टर्च बालेर भान्सामा रहेको खुकुरी प्रयोग गरी बस्नेतको टाउको छिनाएर हत्या गरेको प्रहरीले जनायो । टाउको झोलामा राखेर आधा घन्टाको दुरीमा रहेको खोल्सामा लगेर ढुंगाले किचेर अनुहार चिन्न नसक्ने अवस्थामा फेला परेको छ । दुवै कान भने मृतकको बारीमा पुरिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।

लेगुवा बजारबाट करिब तीन किलोमीटर दुरीमा रहेको घटनास्थलमा शुक्रबार दिनभर प्रहरीले अनुसन्धान गरेपछि संलग्न रहेको आशंकमा कटुवाललाई पक्राउ गरेको अनुसन्धान अधिकृत श्रेष्ठले जनाए । 'प्रारम्भिक अनुसन्धानबाट घटनामा निरज नै संलग्न भएको पुष्टि भएको छ', उनले भने, 'बाँकी अदालती बयान र थप अनुसन्धान प्रक्रिया अघि बढ्ने छ ।'

शनिबार बिदा भएकोले आइतबार अदालतमा म्याद थपका लागि लगिने श्रेष्ठले बताए । घटनाबारे प्रहरीलाई शुक्रबार बिहान मात्र जानकारी आएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरले जानकारी दिए । घटनास्थल महालक्ष्मी नगरपालिकाको मुकाम जितपुर बजारबाट ९ दुरीमा पर्दछ । महालक्ष्मी नगरपालिका प्रमुख ध्रुव रायका अनुसार मृतक बस्नेत शारीरिक रुपमा अपांग समेत रहेका थिए ।

प्रकाशित : फाल्गुन १३, २०७९ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?